शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नागरिक उड्डयन प्राधिकरणको बक्यौता असुलीमा सहयोग गर्नेलाई ५ प्रतिशत कमिसन

images
बिहीबार , चैत १० २०७८
images
नागरिक उड्डयन प्राधिकरणको बक्यौता असुलीमा सहयोग गर्नेलाई ५ प्रतिशत कमिसन
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'विमानस्थल सेवा शुल्क नियमावी २०६७' लाई संशोधन गर्दै बनाउन लागेको 'विमानस्थल सेवा शुल्क नियमावली २०७८' मा बक्यौता असुलीमा सहयोग गर्नेलाई कमिसन दिने प्रस्ताव गरिएको छ।

images
images
images

नियमावली २०७८ मन्त्रिस्तरीय निर्णय भई स्वीकृतीका लागि मन्त्रालयले मन्त्रिपरिषद् पठाएको छ। मन्त्रिपरिषद स्वीकृतिका लागि पठाइएको नियमावलीमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न कारणबाट असुल हुन नसकी बाँकी रहेको बक्यौता रकम असुल गर्न बक्यौता असुली कार्ययोजना बनाइ रकम असुल उपर गर्नुपर्ने विषय समावेश गरिएको छ।

images
images

नियामावलीमा असुल गर्नु पर्ने रकम असुलीको लागि स्थानीय प्रशासन, प्रहरी, नागरिक समाज वा अन्य व्यक्तिको समेत सहयोगको लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको हो।

images
images

स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुगेको नियमावलीमा सहयोग प्राप्त भइ बक्यौता रकम असुली भएमा सम्बन्धित व्यक्ति वा संस्थालाई प्राधिकरणले असुली अङ्कको पाँच प्रतिशतसम्म रकम पुरस्कार स्वरुप उपलब्ध गराउन समावेश गरिएको छ।

नियमावलीमा एकभन्दा बढी व्यक्ति वा संस्थाको सक्रियतामा बक्यौता रकम असुली भएको भए यस्तो रकम दामासाहीबाट उपलब्ध गराउने विषयसमेत नियमावलीमा समावेश गरिएको छ।

यसरी पनि बक्यौता असुली नभएको अवस्थामा प्रचलित कानूनबमोजिम सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने विषय स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको नियमावली उल्लेख छ।

कति छ प्राधिकरणले उठाउन पर्नु बक्यौता रकम?

नेपाल नागरिक उड्डयन प्राधिकरणले २ दशक अगाडिदेखिको बक्यौता रकम असुली गर्ने सकेको छैन। वक्यौता रकम असुलीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक वर्ष रकम भुक्तानीका लागि भन्दै सूचना जारी गर्दै आएको छ।

प्राधिकरणले पछिल्लो पटम केही दिन अगाडि मात्रै सञ्चालनमा नरहेको ७ वटा वायुसेवा कम्पनीसँग असुली गर्नु पर्ने ९ करोडभन्दा बढी रकम भुक्तानीका लागि भन्दै सूचना जारी गरेको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, सरकारी कार्यालय, तारे होटेलदेखि ठेकेदारसम्मबाट झन्डै २ अर्ब रुपैयाँ बक्यौता उठाउन बाँकी छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवाको मात्रै ५४ करोड रुपैयाँ बक्यौता छ। अहिले सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले १७ करोड ९८ लाख र हाल नेपाल उडान बन्द गरेका एयरलाइन्स कम्पनीहरूको २५ करोड ५१ लाख बक्यौता छ । उडान बन्द गरिसकेको अन्तर्राष्ट्रिय वायुसेवातर्फ एयर एसियाको सबैभन्दा बढी १८ करोड ७४ लाख बक्यौता रहेको छ।

सञ्चालनमा रहेका आन्तरिक वायुसेवा कम्पनीको दुई करोड ८७ लाख बक्यौता छ। सञ्चालनमा नरहेकामध्ये नेकोन एयरले सबैभन्दा बढी चार करोड ७२ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। क्याप्टेन रवीन्द्रप्रसाद प्रधान सञ्चालक रहेको कस्मिक एयरले तीन करोड ४७ लाख ५८ हजार बक्यौता तिर्न बाँकी छ।

मणिन्द्रलाल रञ्जितकार सञ्चालक रहेको शिवानी एयरले ५५ लाख ५१ हजार तिर्न बाँकी छ। प्रज्वल श्रेष्ठ, डाक्टर उज्ज्वल श्रेठ, गिन्नीबाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ सञ्चालक रहेको गोरखा एयरले २० लाख ३५ हजार र प्रज्ञानशमशेर जबरा, सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेको माउन्टेन एयरले ६ लाख १० हजार तिर्न बाँकी छ।

आङ छिरिङ शेर्पा अध्यक्ष, मिङ्मा दोर्जे शेर्पा उपाध्यक्ष, तेन्जिङ नोर्बु शेर्पा प्रबन्ध सञ्चालक रहेको स्काइलाइन एयरवेजले सात लाख ८० हजार र प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र कतारी नागरिक हमाद अलि जाबोर सञ्चालक रहेको एयर काष्ठमाण्डपले सात लाख ३८ हजार बक्यौता तिर्न बाँकी छ।


प्रकाशित : बिहीबार , चैत १० २०७८०६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend