बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

माछापालनमा बढ्दो आकर्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ९ २०७८
images
images
माछापालनमा बढ्दो आकर्षण
images
images

बलेवा- दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी विस्तारको तयारीमा छन्। बागलुङ नगरपालिका-१२ को पात्लेखेतमा उनका चार पोखरी छन् । पौडेलले अझै केही पोखरी विस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन्। 

images
images

परम्परागत शैलीमा माछा पाल्दै आएका पौडेलले माछापालनसम्बन्धी थप ज्ञानको महसुस गरे। नगरपालिकाले सुरु गरेको तीनदिने माछापालनसम्बन्धी सीपमूलक तालिममा पौडेल सहभागी भएका छन्। 'आजसम्म भनेको आधारमा गरियो, अब ज्ञान लिएर व्यावसायिक हिसाबले माछा पाल्ने सोँच छ', पौडेल भन्छन्।

images
images

बागलुङ-३ को तरकारी गाउँमा १० वर्षदेखि माछा पालिरहनुभएका गङ्गाबहादुर थापाले ट्राउट माछा पाल्ने योजना बनाएका छन्। चिसो पानीमा मात्रै हुने ट्राउट माछाको व्यावसायिक पालनका लागि उपयुक्त ठाउँ भेटेपछि थापाले माछा पालनसम्बन्धी ज्ञानको खोजी गरे। नगरपालिकाको तालिममा थापा पनि सहभागी भएका छन्। 

images
images

नगरपालिकाले आयोजना गरेको तीनदिने तालिममा पौडेल र थापाजस्ता केही पुराना तथा केही नयाँ व्यवसाय थाल्ने किसानको उत्साहजनक सहभागिता छ। पुराना किसानले सीप खोज्दै छन्भने नयाँ किसान सीप सिकेर व्यवसाय गर्ने तयारीमा छन्। नगरपालिकाले आयोजना गरेको तालिममा सहभागी झण्डै ३० किसानको व्यावसायिक माछा पालेर आम्दानी बढाउने एउटै लक्ष्य छ।

बागलुङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदो छ। पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषि सापकोटाले बताए। उनले पछिल्लो समय माछाको माग बढ्दै गएकाले किसानको आकर्षण माछामा रहेको बताए । सरकारी अनुदान र सीप हस्तान्तरणले किसानलाई सघाएको उनको धारणा थियो।

बाँझो जग्गाको सदुपयोग गर्ने, स्थानीय दानाको प्रयोग गर्ने र उत्पादन लिनेगरी किसान माछापालनमा आकर्षित भएको नगर प्रमुख जनकराज पौडेलले बताए। अहिले पनि विदेशबाट माछा आयात हुने गरेको जनाउँदै पौडेलले माछाको उत्पादन र बजारीकरण बढाउन किसानलाई आग्रह गरे। 'हामीले उत्पादनमा अनुदान र सीपमूलक तालिममा सहयोग गरेका छौँ, किसानले मेहेनत गरेर उत्पादन गर्नुहुन्छ', पौडेल भन्छन्, 'यो पनि एउटा सजिलो व्यवसाय हो।'

माछा विज्ञ गायत्रीराज वाग्लेले माछापालन र खाने शैलीमा परिवर्तन आवश्यक रहेको बताए। स्वास्थ्यका हिसाबले माछा खानु उपयुक्त रहेको उदाहरण दिँदै उनले सीपको अभावमा माछाको उत्पादनमा लागेका किसान निरुत्साहित हुने गरेको बताए। माछा पाल्न र खान दुवै हिसाबले फाइदाजनक रहेको उनले सुनाए। तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण वाग्लेले गर्नेछन्। रासस


प्रकाशित : बुधबार, चैत ९ २०७८०७:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend