शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

इजरायल, कुवेत, बहराइन र लेबननका लागि पनि पुन: श्रम स्वीकृति दिइने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २ २०८३
इजरायल, कुवेत, बहराइन र लेबननका लागि पनि पुन: श्रम स्वीकृति दिइने

२०८२ फागुन १७ गते सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिका कारण श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो।

काठमाडौं- सरकारले इजरायल, कुवेत, बहराइन र लेबननका लागि पनि  पुन: श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ। बिदामा नेपाल आएका श्रमिकहरूलाई कार्यथलोमा फर्किन सहज बनाउने उद्देश्यसहित उक्त निर्णय गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचनाअनुसार यसअघि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकहरूले पुनः श्रम स्वीकृति दिन थालिएकोमा अहिले इजरायल, कुवेत, बहराइन र लेबनन थप गरिएको हो। 

मन्त्रालयका अनुसार ती देशहरूमा कार्यरत श्रमिकहरू बिदामा नेपाल आएका बेला श्रम स्वीकृतिको अवधि समाप्त भइ पुनः फर्किन समस्या भएको भन्दै विभिन्न माध्यमबाट माग आएपछि सरकारले यस्तो निर्णय गरेको हो।

यसअघि २०८२ फागुन १७ गते सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिका कारण श्रमिकहरूको सुरक्षालाई ध्यानमा राख्दै श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो। 


प्रकाशित : बुधबार, वैशाख २ २०८३१४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend