शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

कृषिउपजको थोक मूल्य : भटमास कोसा ३५०, निगुरो ८० रुपैयाँ किलो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ३० २०८२
कृषिउपजको थोक मूल्य : भटमास कोसा ३५०, निगुरो ८० रुपैयाँ किलो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो प्रतिकिलो २३ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३२ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो १२० रुपैयाँ, मटरकोसा प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १३० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ११० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ३५० रुपैयाँ, तिते करेला प्रतिकिलो ११० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, चिचिन्डो प्रतिकिलो ९० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ र स्कुस प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीसाग प्रतिकिलो ४० रुपैयाँ, मेथी प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १०० रुपैयाँ, बकुला प्रतिकिलो ६० रुपैयाँ, तरुल प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १०० रुपैयाँ, चुकन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकेजी ११० रुपैयाँ, कोइरालो प्रतिकिलो २६० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ६० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ६० रुपैयाँ, सेलरी प्रतिकिलो १२० रुपैयाँ, पार्सले प्रतिकिलो २०० रुपैयाँ, सौफको साग प्रतिकेजी १०० रुपैयाँ, पुदिना प्रतिकिलो १०० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १५० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३२० रुपैयाँ, केरा (दर्जन) २३० रुपैयाँ, कागती प्रतिकिलो ३२० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २३० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६० रुपैयाँ, रुखकटहर प्रतिकिलो ८० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ र किबी प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, अदुवा प्रतिकिलो ९० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४६० रुपैयाँ, खुर्सानी (हरियो) प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ८० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १४० रुपैयाँ, हरियो लसुन प्रतिकिलो १०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १०० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २३० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १४० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १२० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो ९० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ। रासस


प्रकाशित : सोमबार, चैत ३० २०८२१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend