शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

त्रिवेणी गाउँपालिकाले बेच्यो ५ करोड ५६ लाख रुपैयाँको अदुवा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २७ २०८२
त्रिवेणी गाउँपालिकाले बेच्यो ५ करोड ५६ लाख रुपैयाँको अदुवा

अदुवा खेती गर्ने २ हजार ६ सय ५० घरधुरीमध्ये प्रत्येक किसानले करिब २ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन्।

रुकुम पश्चिम- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै ५ करोड ५६ लाख ५० हजार रुपैयाँ भित्र्याएको छ। पालिकाभर २ हजार ६ सय ५० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो।

त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष पालिकाभर १५ हजार ९ सय क्विन्टल अदुवा उत्पादन भएको थियो। अदुवा खेती गर्ने २ हजार ६ सय ५० घरधुरीमध्ये प्रत्येक किसानले करिब २ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन्।

पालिकाभर ५ हजार ३ सय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन भइरहेको छ। १ रोपनी जमिनमा करिब ३ क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको उनको भनाइ छ।

प्रत्येक किसानले गाउँबाटै प्रतिक्विन्टल ३ हजार ५ सय रुपैयाँमा अदुवा बिक्री गरेका शाखा प्रमुख कार्कीले बताए। व्यापारी अदुवा खरिद गर्न गाउँमै आउने गरेका छन्। व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुभएका त्रिवेणी-४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट १ लाख रुपैयाँ आम्दानी गरेको बताए।

विगत २२ वर्षदेखि उनी निरन्तर अदुवा खेतीमा संलग्न छन्। यस वर्ष उत्पादन भएकोमध्ये साढे तीन क्विन्टल बीउका लागि राखेको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend