शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

सार्वजनिक सवारीको भाडा बढ्यो, यात्रुवाहकमा १५.७१ र मालवाहकमा १६.६८ प्रतिशतले वृद्धि

बुधबार, चैत २५ २०८२
सार्वजनिक सवारीको भाडा बढ्यो, यात्रुवाहकमा १५.७१ र मालवाहकमा १६.६८ प्रतिशतले वृद्धि

सरकारले यात्रुवाहकतर्फ १५.७१ प्रतिशत र मालवाहकतर्फ १६.६८ प्रतिशतले भाडा बढाएको हो।

काठमाडौं- सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने निर्णय गरेको छ। सरकारले यात्रुवाहकतर्फ १५.७१ प्रतिशत र मालवाहकतर्फ १६.६८ प्रतिशतले भाडा बढाएको हो।

तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा १५.७३ प्रतिशत बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा भने २१.८६ प्रतिशतले समायोजन गरिएको हो। 

यातायात व्यवस्था विभागको सिफारिसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा बढाउने सहमति भएको छ। इन्धनको मूल्य बढेसँगै व्यवसायीले भाडा बढाउन आग्रह गर्दै आएका थिए।


प्रकाशित : बुधबार, चैत २५ २०८२१३:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend