शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक बस्दै, को को छन् कार्यदलमा?

बुधबार, चैत २५ २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक बस्दै, को को छन् कार्यदलमा?

कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन्।

काठमाडौं- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। 

यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन भएको थियो। 

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पूर्वकानूनमन्त्री देव गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट मनोज भट्ट सदस्यका रूपमा रहेका छन्।

​नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ। उक्त दलहरूले कार्यदल सदस्यको नाम आजै टुंगो लगाउने छन्।

​कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव पुष्कर सापकोटा र नेपाल कानून आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन्। कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन्। 


प्रकाशित : बुधबार, चैत २५ २०८२१०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend