शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

मोटरहेडको नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
images
images
मोटरहेडको नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य कति?

एसएलआर टेक्नो एण्ड ट्रेडका महाप्रबन्धक उज्वल जोशीका अनुशार नयाँ टेकन आर २५० को शुरुवात मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य सीमित अवधिको लागीमात्र उपलब्ध हुने शुक्रबार मोटरसाइकल सार्वजनि कार्यक्रममा उनले बताए। 

images
images

काठमाडौं- मोटरहेडको नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ। मोटरहेडको आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले टेकन आर-२५० मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। 

images
images
images

एसएलआर टेक्नो एण्ड ट्रेडका महाप्रबन्धक उज्वल जोशीका अनुशार नयाँ टेकन आर २५० को शुरुवात मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य सीमित अवधिको लागीमात्र उपलब्ध हुने शुक्रबार मोटरसाइकल सार्वजनि कार्यक्रममा उनले बताए। 

सो मोटरसाइकल दुई रंग र भिन्न ग्राफिक्समा उपलब्ध छ। यो मोटरसाइकलमा रहेको उन्नत इन्जिन, कडा चेसिस र फ्रेमका कारण अफरोडका लागि उत्कृष्ट रहेको दाबी कम्पनीको छ।  

images

यसको विशेषताको रुपमा स्टाइलिस हेडलाइट्स, स्लिक इन्डिकेटरसहित इनविल्ड इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिट भएकोले नेपालको युवाहरुले अत्यन्तै मन पराउने विश्वास कम्पनीको छ।

images

बिक्री पछिको सेवाको गुणस्तर वृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीनसँग समन्वय गरि आउँदा दिनहरुमा पूरै नयाँ स्तरमा ग्राहकहरुलाई सन्तुष्टि दिने कम्पनीले जनाएको छ। 

मोटरहेड व्रान्ड ५ वर्षदेखि नेपालको दईपांग्रे बजारमा डट सेगमेन्टमा बलियो उपस्थिति जनाएको कम्पनीको भनाइ छ। त्यस वाहेक, कम्पनीले क्रसओभर र स्याम्बलर सेगमेन्टहरुलाई पनि प्राथमिता दिएको छ। 

मोटरहेड मोटरसाइकल नेपालको सबै भूभागको लागि उपयुक्त हनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप, पावर र आरामदायी रहेको दाबी कम्पनीको छ। 


प्रकाशित : शुक्रबार, असोज १ २०७८०९:४६
  • सम्बन्धित विषय:

  • # माेटर हेड
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend