शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अर्थमन्त्री भेटेर अटोमोबाइल व्यवसायीले भने- नीतिगत सहजीकरण होस्

सोमबार, चैत २३ २०८२
अर्थमन्त्री भेटेर अटोमोबाइल व्यवसायीले भने- नीतिगत सहजीकरण होस्

यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताएको नाडाले जनाएको छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्थाका विषयमा छलफल गरेको छ। 

अटोमोबाइल प्रतिनिधिहरुसँगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई माथी उठाउन वर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताए। यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा पनि वृद्धि हुने र रोजगारी पनि  बढ्ने बताएको नाडाले जनाएको छ। 

सो छलफलको क्रममा मन्त्री वाग्लेले सरकार राजस्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजस्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजवृको दायरा विस्तार गर्न लागेको भन्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिएका थिए। 

यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताएको नाडाले जनाएको छ। 

सोही छलफलको क्रममा अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनुपर्ने आवश्यकता रहेको भन्दै वर्तमान अवस्थामा सीकेडीलाई सजिलो भए पनि उद्योगहरुलाई भने कठिनाइ भइरहेको बताए। 

अध्यक्ष उप्रेतीले टायरटयूव व्याट्री, लुविकेन्ट र हेलमेट जस्ता विभिन्न अटोमोवाइल वस्तुहरु नेपाल मै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउँदै सरकारले अटोमोबाइल वस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनुपर्ने धारणा राखेका थिए।

सोही भेटघाटको क्रममा अध्यक्ष उप्रेतीले नाडाको तर्फबाट ३६ बुँदे लिखित राय/सुझावहरु समेत पेस गरेका छन्। 

सो छलफलको क्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनन्ट उद्योगहरुको ठूलो सम्भावना रहेको बताए। नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुको सम्बर्द्धन र प्रवर्द्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गरे। सोही क्रममा श्रेष्ठले भारतमा जीएसटी घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने धारणा राखे। 

यसैक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई प्रश्रय दिनुपर्ने बताए। उक्त छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति थियो।


प्रकाशित : सोमबार, चैत २३ २०८२१९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend