शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

१८ करोड २७ लाख बराबरको आईपीओ जारी गर्दै बलेफी हाइड्रोपावर, कति कित्ता भर्न पाइने?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
images
१८ करोड २७ लाख बराबरको आईपीओ जारी गर्दै बलेफी हाइड्रोपावर, कति कित्ता भर्न पाइने?
images
images

काठमाडौं- बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने लागेको हो।

images
images
images

निष्कासन गरिने सेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ। यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि सेयरको निष्कासन तथा बिक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ।

images
images

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही चैत १६ देखि छिटोमा चैत २१ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे यही महिनाको ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

images
images

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ।

निष्कासित सेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ। रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८०६:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend