काठमाडौं- नेपाली अटोमोबाइल बजारले धेरै गाडीहरुको आगमन देखेको छ तर दिपल एस ०५ को जस्तो आगमन विरलै हुन्छ। दिपल एस०५ ले गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपाल आएको थियो। त्यो एउटा कार लन्च मात्र थिएन, एउटा त्यस्तो पल थियो जुन नेपाली अटोमोबाइल क्षेत्रले विर्सन सक्दैन।
नेपाली अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही सम्मिश्रण भएको कारण खोजिरहेको थियो र एस०५ ले यी सबै पक्षमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ। नेपाली उपभोक्ताले छोटो समयमै गरेको यो स्वीकार्यताले उद्योगलाई नै चकित पारेको छ।
सार्वजनिक भएको दिनदेखि आजका दिनसम्म नेपाल भित्रिएको एस ०५ का हरेक युनिटले गर्वित घर पाइसकेको छ र यसको माग कम दिने कुनै संकेत देखिएको छैन। एस ०७ को सफलतापछि दिपल एस ०५ ले नेपालका विवेकशिल ग्राहकलाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको छ।
दिपल एस०५ नेपालका चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यक्तिहरुको रोजाइमा परेको छ जसले यो ईभीलाई सम्झौता गर्न तयार नभएकाहरुको लागि बनेको हो भन्ने प्रमाणित गरेको छ।
सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५ विजेता एस०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन, विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फस्ट फ्रमेलेस डोर तथा फ्लस ह्यान्डल रहेको छ।
साथै यसमा नेपालमा उपलब्ध एसयूभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सीडी ड्रयाग कोफिसेन्ट रहेको छ जसले सुन्दरता मात्र होइन प्रदर्शनलाई पनि बेजोड बनाएको छ। यसमा इन्डस्ट्री फस्ट क्विन कोपाइलट सिट, एम्बायन्ट सराउन्ड लाइटिङ र १२६० वाटको १४ स्पिकर स्काइ सराउन्ड साउन्ड सिस्टमले हरेक यात्रामा लक्जरीको अनुभव गराउँछ।
ग्राहकहरु यसमा प्रयोग भएको प्रविधिबाट पनि खुसी छन्। यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किङ फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र इन्डस्ट्रीमै सबैभन्दा ठूलो १६० लिटरको फ्रंक प्रयोग भएको छ।
साथै नेपालकै सबैभन्दा एड्भान्स्ड् सीएटीएलको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको छ जसको चर्जिङ साइकल ५ हजार रहेको छ। यो ब्याटङी मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ।
दिपल एस०५ को लोभलाग्दो सफलता र लामो वेटिङ लिस्टले यसलाई नेपाली अटोमोटिभ जगतको ‘नयाँ सनसनी’ बनाएको छ।