मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

ग्रीन भेन्चर्सको ३१ करोड २५ लाख बराबरको आईपीओ खुला

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
images
images
ग्रीन भेन्चर्सको ३१ करोड २५ लाख बराबरको आईपीओ खुला
images
images

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सय अङ्कित मूल्यमा ३१ करोड २५ लाख रूपैयाँ मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो।

images
images

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कूल निष्कासनको पाँच प्रतिशतअर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।

images
images

सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

images
images
images

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ।

कम्पनीको अधिकृत पुँजी पाँच अर्ब र हालको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्तापुँजी दुई अर्ब ५० करोड छ।

कम्पनीले यसअघि आयोजना प्रभावित बासिन्दाका लागि ३१ करोड २५ लाख कित्ता र यो आह्वान पत्रानुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण सेयर बाँडफाँटपश्चात् चुक्तापुँजी तीन अर्ब १२ करोड ५० लाख पुग्नेछ। यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरी सकिएको कम्पनीले जनाएको छ। 

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : मंगलबार, चैत ८ २०७८०५:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend