शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सरकारको निर्णयपछि ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

आइतबार, चैत २२ २०८२
सरकारको निर्णयपछि ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

सरकारले अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम चाल्दै ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ।

काठमाडौं- सरकारले अनलाइन सट्टेबाजी नियन्त्रणमा कडा कदम चाल्दै ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई यस्ता एप र युआरएल बन्द गर्न आदेश दिएको हो। पछिल्लो एक सातामा अनलाइन सट्टेबाजीसम्बन्धी ५० भन्दा बढी गुनासो प्राप्त भएपछि तत्काल सम्बोधन गरिएको बताइएको छ।

मन्त्रिपरिषद्को चैत १३ को निर्णय (बुँदा नं. ४२) र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको चैत १५ को निर्देशनअनुसार २४ घण्टाभित्र यस्ता एप र युआरएल बन्द गर्ने नीति अनुसार तत्काल कदम चालिएको छ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी अवैध रहेको छ। यसरी अनलाइन सट्टेबाजीमा संलग्न व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। साथै, विज्ञापन ऐन, २०६६ ले सट्टेबाजीसम्बन्धी प्रचार-प्रसारमा प्रतिबन्ध लगाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी रोकथाममा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ।


प्रकाशित : आइतबार, चैत २२ २०८२११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend