शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २० २०८२
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

उम्मेदवारी दर्ताको निर्धारित अवधिभित्र अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

काठमाडौं- प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी (डोलप्रसाद) अर्याल निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ताको निर्धारित अवधिभित्र अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

संघीय संसद् सचिवालयले तर्जुमा गरेको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै सूचना दर्ता भएको थियो।

अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल थिए। 

कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ। दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। एकमात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।


प्रकाशित : शुक्रबार, चैत २० २०८२१५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend