शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नारायणी इस्पात लिमिडेटले क्षमता विस्तार गर्दै लगानी ७ अर्ब रुपैयाँ पुर्‍याउने

शुक्रबार, चैत २० २०८२
नारायणी इस्पात लिमिडेटले क्षमता विस्तार गर्दै लगानी ७ अर्ब रुपैयाँ पुर्‍याउने

काठमाडौं- नारायणी इस्पात उद्योगले क्षमता विस्तार गरी ६ अर्ब ९२ करोड २५ लाख ५३ हजार रुपैयाँ लगानी पुर्‍याउने भएको छ।

उद्योगको क्षमता विस्तारका लागि कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।

पर्साको जितपुर उपमहानगरपालिका-९ मा रहेको उद्योगबाट अहिले १ लाख ५० हजार मेट्रिक टन टीएमटी स्टील रड र २५ हजार मेट्रिक टन एमएस बिलेट्स उत्पादन भइरहेको छ। 

उद्योगले क्षमता विस्तार गरी वार्षिक २ लाख ५० हजार मेट्रिक टन टीएमटी रोड, वार्षिक २ लाख मेट्रिक टन रोल्ड प्रोडक्ट, वार्षिक ३० हजार मेट्रिक टन रिबड तार, २० हजार मेट्रिक टन जीआई तार, १ लाख मेट्रिक टन एमएस बिलेट्स र वार्षिक ५० हजार मेट्रिक टन एमएस तार रड समेत उत्पादन गर्ने भएको छ।

उद्योग २०६७ सालदेखि सञ्चालनमा रहेको उद्योगको क्षमता विस्तारपछि ४ सय ३५ जनाले रोजगारी पाउने छन्।  

उद्योगको मुख्य लगानीकर्ता सत्यनारायण क्याल हुन्। उद्योगी क्याल यसअघि मधेश प्रदेश सरकारको आर्थिक तथा औद्योगिक सल्लाहकारसमेत थिए। 


प्रकाशित : शुक्रबार, चैत २० २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend