काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले सरकारले अब बोल्ने नभइ काम गरेर परिणाम देखाउने दाबी गरेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले परिणाम देखिने गरी काम थालिसकेको पनि बताए।
'सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन। मैलै मात्र होइन, रास्वपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ,' सभापति लामिछानेले भने, 'अब हामी राम्ररी बोल्नुभन्दा पनि हाम्रा कामहरू र सरकारका कामहरू आफै अत्यन्त राम्रोसँग बोल्नेछन्। र ती बोल्न सुरु गरिसकेको कुरा फेरि पनि निवेदन गर्न चाहन्छु।'
लामिछानेले जनताले रास्वपालाई दिएको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने बताए।