शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

घट्यो सुनचाँदीको मूल्य

बिहीबार , चैत १९ २०८२
घट्यो सुनचाँदीको मूल्य

बुधबार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ६ सय र चाँदीको मूल्य प्रतितोला १ सय ६५ रुपैयाँले घटेको हो।

बुधबार प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , चैत १९ २०८२१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend