शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

रूसी प्रधानमन्त्रीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १९ २०८२
रूसी प्रधानमन्त्रीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना गरेका छन्।

काठमाडौं- बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई  दिएका छन्।

प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको संघीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन्।

सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस-नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ।

रूसी प्रधानमन्त्रीले आपसी सहकार्य दुवै देशका दीर्घकालीन हितअनुकूल हुने विश्वास व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको सफलताको कामना गरेका छन्।

प्रकाशित : बिहीबार , चैत १९ २०८२१०:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend