शनिबार, साउन १२ गते २०८१    
images
images
images

आईपी‌ओ भर्दा बैंकले लिने सेवा शुल्कमा राष्ट्र बैंकको नजर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
images
images
आईपी‌ओ भर्दा बैंकले लिने सेवा शुल्कमा राष्ट्र बैंकको नजर

नेपाल राष्ट्र बैंकले पनि यस्तो सेवा शूल्क लिन बैंकहरुलाई अनुमति दिएको छ। तर, यती नै रकम लिनु पर्छ भनेर एकिन नगरेको  राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेल बताउँछन।

images

काठमाडौं- पछिल्लो समय विभिन्न कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी भइरहेको छ। आईपीओमा आवदेन दिने ग्राहकको संख्या पनि २५ लाखको हाराहारीमा पुगिसकेको छ।

images
images

बैंकहरूले आईपीओ भर्दा आश्वा शुल्कवापत रकम लिइरहेका छन्। तर, बैंकले लिने यस्तो रकममा एकरुपता छैन। कतिपय बैंकले नि:शुल्क आश्वा सेवा दिँदै आएका छन् त कतिपयले अधिकतम २५ रुपैयाँसम्म लिँदै आएका छन्।

images

यो सेवा शुल्क आईपीओ पर्ने वा नपर्ने दुबैसँग बैंकले लिने गर्छ। नेपाल राष्ट्र बैंकले पनि यस्तो सेवा शुल्क लिन बैंकलाई अनुमति दिएको छ। तर, यति नै रकम लिनु पर्छ भनेर यकीन नगरेको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन्।

बैंकले सेवाग्राहीसँग आफ्नो खर्चलाई हेरेर शुल्क लिन पाउने उनको भनाइ छ। तर,अस्वाभाविक आम्दानी हुने गरी भने शुल्क लिन नहुने उनको भनाइ छ।

images

तर, पछिल्लो समय बैंकहरूलाई यी शीर्षकबाट राम्रै आम्दानी हुन थालेको बैंकरहरू नै बताउँछन्।

‘आश्वा सेवा शुल्कको  विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘ बैंकहरूले यी शीर्षकबाट गरेको आम्दानीको अध्ययन भइरहेको छ। राष्ट्र बैंकले यस विषयमा छिटै नयाँ निर्देशन जारी गर्छ।’

अहिले एउटै कम्पनीको आईपीओमा आवदेन दिनेको संख्या २५ लाख पुगको अवस्थामा बैंकहरूले न्यूनतम १० रुपैयाँ लिँदा पनि २ करोड रुपैयााँ आम्दानी गरिरहेका छन्। सरदर अहिले  बैंकहरूले त्यसवापत १५ रुपैयाँ लिने गरेका छन्।

सो हिसाबमा भन्ने हो भने पनि ३ करोड ७५ लाख रुपैयाँ आम्दनी गरेका छन्। यो रकम बढ्दै जाने क्रममा छ। यसैले एकरुपता गराउन पनि बैंकले नयाँ नियम ल्याउने तयारी गरेको राष्ट्र बैंक स्रोत बताउँछ। स्रोतका अनुसार राष्ट्र बैंकले अहिले यो विषयमा सबै बैंकको विवरण हेरिरहेको छ।


प्रकाशित : शुक्रबार, असोज १ २०७८०८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend