शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

विनोद चौधरीविरुद्ध भ्रामक सूचना र अफवाह फैलाएको भन्दै साइबर ब्यूरोमा उजुरी

बुधबार, चैत १८ २०८२
विनोद चौधरीविरुद्ध भ्रामक सूचना र अफवाह फैलाएको भन्दै साइबर ब्यूरोमा उजुरी

काठमाडौं- सामाजिक सञ्जालमा आफ्ना अध्यक्ष विनोद चौधरीविरुद्ध भ्रामक सूचना र अफवाह फैलाएको भन्दै चौधरी ग्रुपले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएको छ।

ग्रुपले मंगलबार साइबर ब्युरोमा उजुरी दर्ता गराउँदै केही व्यक्ति तथा सामाजिक सञ्जाल पेजमार्फत गलत तथा भ्रामक सूचना प्रसारण गरी आफ्ना अध्यक्ष चौधरीको व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास गरिएको जनाएको छ।

उजुरीअनुसार ‘सचेत खबर’ नामक फेसबुक पेजले बासबारी छाला जुत्ता कारखानाको जग्गासँग सम्बन्धित विषयमा चौधरीको नाम जोड्दै ‘चौधरी पक्राउ पर्दै’ शीर्षकसहित सामग्री प्रकाशित गरेको थियो। उक्त सामग्रीले जनमानसमा भ्रम सिर्जना गर्दै चरित्रहत्या गर्ने उद्देश्य राखिएको ग्रुपको दाबी छ।

त्यस्तै एउटा एक्स अकाउन्टबाट ‘मसानघाटको ६० करोड मूल्य बराबरको सार्वजनिक जग्गा चौधरी ग्रुपको नाममा’ भन्ने सन्देश सम्प्रेषण गरिएको उल्लेख गर्दै ग्रुपले त्यसलाई पूर्णरूपमा भ्रामक भनेको छ। यस्ता दाबी प्रमाणित गर्न चुनौती दिँदै कानूनी कारबाही गर्न माग गरिएको उजुरीमा उल्लेख छ।

ग्रुपले यस्ता गतिविधि विद्युतीय कारोबार ऐनअन्तर्गत गैरकानूनी हुने जनाउँदै संलग्न व्यक्तिमाथि कानूनबमोजिम कडा कारबाहीको माग गरेको छ।


प्रकाशित : बुधबार, चैत १८ २०८२११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend