बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

साढे ८५ लाख कित्ता बोनस सेयर लगानीकर्ताको खातामा, तपाईंको खातामा कति थपियाे?

सोमबार, चैत ७ २०७८
साढे ८५ लाख कित्ता बोनस सेयर लगानीकर्ताको खातामा, तपाईंको खातामा कति थपियाे?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ८५ लाख ४९ हजार ९ सय ६६ कित्ता बोनस सेयर थपिएको छ। नेप्सेमा नेपाल एसबिआई बैंक, प्राइम लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स र वोमी लघुवीत्तको बोनस सेयर सूचीकृत भएको हो। 

आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल एसबिआई बैंकले कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। प्राइम लाइफ इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर वितरण गर्दा वोमी लघुवित्तले गत आर्थिक वर्षका लागि २० प्रतिशत र पोखरा फाइनान्सले ८.०७५ बोनस वितरण गरेको हो।  

एसबिआई बैंकको ३३ लाख २२ हजार ७५२.२६ कित्ता थप हुँदा प्राइम लाइफ इन्स्योरेन्सको ३६ लाख २५ हजार ५ सय ८५.५४ कित्ता सेयर सूचीकृत भएको छ। यसैगरी, वोमी लघुवित्तको ८ लाख २३ हजार ८ सय ८८.८ कित्ता सेयर थपिँदा पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७ सय ४०.२३ कित्ता सेयर थपिएको हो। 

 


प्रकाशित : सोमबार, चैत ७ २०७८११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend