शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भारतसँगको विद्युत आयात अनुमति नवीकरण, १६ घण्टा आपूर्तिको अनुमति

सोमबार, चैत १६ २०८२
भारतसँगको विद्युत आयात अनुमति नवीकरण, १६ घण्टा आपूर्तिको अनुमति

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले मंगलबारसम्म कायम रहेको विद्युत् आयात अनुमति नवीकरण गरेको छ। यसपटक भारतले दैनिक १६ घण्टाका लागि विद्युत् आपूर्ति अनुमति दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार अप्रिल महिनामा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म (१६ घण्टा) र मे महिनामा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् आयातको अनुमति प्राप्त भएको छ।

भारतले यसपटक उच्च माग हुने समय कटौती गरेर बाँकी समयमा विद्युत् उपलब्ध गराउने ढाँचामा अनुमति दिएको हो। 'अप्रिलमा २ बजेदेखि ६ बजेसम्म र मेमा ४ देखि ८ बजेसम्मको लागि अनुमति पाएका छौँ,' शाक्यले भने।

भारतको यो व्यवस्थाले उच्च खपत हुने समयमा आपूर्ति नहुँदा प्राधिकरणलाई लोड व्यवस्थापनमा चुनौती थपिने देखिएको छ। हाल भारतबाट दैनिक करिब ४ सय मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ।


प्रकाशित : सोमबार, चैत १६ २०८२१८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend