शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाइने

१९ गते संघीय संसद्को अधिवेशन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १६ २०८२
संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाइने

मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो।  राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुनेछ।

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए।

यस्तै सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो।  राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुनेछ।


प्रकाशित : सोमबार, चैत १६ २०८२१८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend