बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक वर्षयताकै सस्तो, खरिद गर्नेलाई अवसर

सोमबार, चैत ७ २०७८
नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक वर्षयताकै सस्तो, खरिद गर्नेलाई अवसर

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक वर्षयताकै सस्तो मूल्यमा आएको छ। जसका कारण समग्र सेयर बजार घट्दा पनि नेपाल लाइफको सेयर मूल्य सोमबार बढिरहेको छ।

सोमबार कारोबार सुरु भएको ४० मिनेटमै १ करोड ५२ लाख रुपैयाँ बराबर मूल्यको सेयर कारोबार भइसकेको छ। चैत ६ गते आइतबार अन्तिम दिनसम्म सेयर खरिद गर्नेले लाभांश पाउने छन्। सोमबारबाट मूल्य समायोजना भएर १०८५ रुपैयाँबाट कारोबार सुरु भएको छ। एकवर्ष अगाडि अधिकतम २३३१ रुपैयाँमा कारोबार भएको थियो।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश गरि कुल १४.७३ लाभांश वितरण गर्दैछ। लाभांश ४० प्रतिशतभन्दा बढी दिँदै आएको कम्पनीले लाभांश कम प्रस्ताव गरेपछि सेयर मूल्य लागतार घटिरहेको छ।


प्रकाशित : सोमबार, चैत ७ २०७८०६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend