बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपीओ जारी गर्ने

सोमबार, चैत ७ २०७८
छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं- छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। सो सेयर निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडकातर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

कम्पनीले हाल काठमाडौंको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ। छायाँदेवी कम्पलेक्स लिमिटेडको कुल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिटभन्दा बढी रहेको छ। जस अन्र्तगत २ सय वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तरराष्ट्रिय नेटवर्क पाँचतारे होटल 'दि एलोफ्ट' सञ्चालन भइरहेको छ। 

विदेशी पर्यटकहरुको लागि अति नै लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित रहेको छायाँदेवी कम्पलेक्स लिमिटेड नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्सको रुपमा रहेको छ। कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। 


प्रकाशित : सोमबार, चैत ७ २०७८०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend