शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

मन्त्रिपरिषद् बैठक : शासकीय सुधारमा १०० काम

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन कार्यान्वयन गरिने

शुक्रबार, चैत १३ २०८२
मन्त्रिपरिषद् बैठक : शासकीय सुधारमा १०० काम

प्रधानमन्त्री शाहको पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले नीतिकार्यक्रमलाई कार्यान्वयनमुखी बनाउने उद्देश्यसहित सामूहिक रूपमा निर्णय गरेको जनाइएको छ।

काठमाडौं- बालेन शाह नेतृत्वको नवनिर्वाचित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमै सबै मन्त्रालयसँग सम्बन्धित एक सयवटा निर्णय गरेको छ। बैठकले शासकीय सुधारका लागि विभिन्न वटा कार्य स्वीकृत गरेको हो। 

सरकारका शिक्षामन्त्री तथा प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त बैठकमा मन्त्रालयगत रूपमा प्राथमिकता निर्धारण गर्दै सय दिनभित्र कार्यान्वयन गर्ने लक्ष्यसहित एक सय निर्णय पारित गरिएको हो। ती निर्णयहरूको विस्तृत विवरण पछि सार्वजनिक गरिने उनले जानकारी दिए।

प्रवक्ता पोखरेलका अनुसार ‘जेनजी आन्दोलन’ सम्बन्धमा गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई निर्देशन दिने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री शाहको पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले नीतिकार्यक्रमलाई कार्यान्वयनमुखी बनाउने उद्देश्यसहित सामूहिक रूपमा निर्णय गरेको जनाइएको छ।

मन्त्रीहरूले व्यक्तिगत रूपमा फरक-फरक निर्णय गर्ने परम्पराभन्दा बाहिर निस्केर एकीकृत रूपमा ‘सय दिन-सय निर्णय’ अवधारणा अघि बढाइएको सरकारको भनाइ छ।

यसका लागि प्रधानमन्त्रीको टोलीले मुख्यसचिवसँग समन्वय गर्दै पूर्वतयारी गरेको थियो। मुख्यसचिवमार्फत सबै मन्त्रालयबाट सम्भावित कार्यसूची संकलन गरी ती प्रस्तावलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको जनाइएको छ।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend