काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सभापति थापाले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गर्दै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता जाहेर गरेका छन्।
'नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,' सभापति थापाले लेखेका छन्, 'देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ।'