शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, सहकार्य गर्न आतुर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, सहकार्य गर्न आतुर

दुई देशको पारस्परिक हित, मित्रता र सहकार्यलाई थप उचाइमा पुर्‍याउने गरी सहकार्य गर्न आफू आतुर रहेको मोदीले बताएका छन्।

काठमाडौं- नेपालका नवनियुक्त प्रधानमन्त्री बालेनद्र शाह (बालेन) लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई व्यक्त गरेका छन्।

आज नियुक्त भइ आजै शपथ लिएका प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

प्रधानमन्त्री मोदीले प्रधामन्त्री शाहको नियुक्तिले नेपाली जनताले शाहको नेतृत्वमा राखेको विश्वासलाई प्रतिबिम्बन गरेको उल्लेख गरेका छन्।

साथै दुई देशको पारस्परिक हित, मित्रता र सहकार्यलाई थप उचाइमा पुर्‍याउने गरी सहकार्य गर्न आफू आतुर रहेको मोदीले बताएका छन्।

'तपाईंको नियुक्तिले नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ,' प्रधानमन्त्री मोदीले लेखेका छन्, ' हाम्रा दुई देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्‍याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म आतुर छु।'


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend