शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्राज्ञिक पृष्ठभूमिका दीपककुमार साह बने श्रममन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
प्राज्ञिक पृष्ठभूमिका दीपककुमार साह बने श्रममन्त्री

नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे। साह महोत्तरी-२ बाट निर्वाचित हुन्।

साह व्यावसायिक र प्राज्ञिक पृष्ठभूमिका हुन्। उनले लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पीएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।

नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्।

उनले विश्व स्वास्थ्य संगठन तथा यूके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता विश्वस्तरीय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारमा अनुभव बटुलेका छन्। साह मैथिली कला, भाषा तथा साहित्यको राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न पनि सक्रिय थिए। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend