शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अधिकांश सूचकमा सफल देखिएको ग्लाेबल आईएमई बैंकको सेयर बजार यात्रा कस्ताे रहला? यस्ताे छ प्राविधिक विश्लेषण

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ८ २०७८
images
अधिकांश सूचकमा सफल देखिएको ग्लाेबल आईएमई बैंकको सेयर बजार यात्रा कस्ताे रहला? यस्ताे छ प्राविधिक विश्लेषण
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैंक समूह अन्तर्गत लगानीयोग्य बैंकको रुपमा स्थापित बैंकमा ग्लोबल आईएमई पनि एक हो। हाल कम्पनीको बजार पुँजीकरण ७६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

images
images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ०४ प्रतिशत बढी हो। खुद फि तथा कमिशन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको देखिन्छ।

images
images

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी शून्य दशमलव ४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३ दशमलव ६९ प्रतिशत बढेको देखिएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १३ दशमलव ५७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ करोड ७८ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ४० लाख रुपैयाँ झरेको छ। जसले गर्दा सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ।

images
images

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१ रुपैयाँ ४० पैसाबाट बढेर २२ रुपैयाँ ३९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४ दशमलव ५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ९७ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३ दशमलव ४९ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशत बढेको छ भने कर्जा १२.१५ प्रतिशत बढेको छ।

बैंकको लाभांश अवस्था

बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफापछि सेयर धनीहरूलाई १० प्रतिशत बोनस सेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको छ। बैंकले दिएको प्राप्त बोनस नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भइसकेको छ।

बैंकले दिएको लाभांशको अवस्थालाई हेर्ने हो भने हालसम्म बैंकले नगद लाभांशभन्दा पनि बोनस सेयरमै पहिलो प्राथमिकतामा राख्दै आएको छ। बैंकले आर्थिक वर्ष २०६९/०७०मा नगद लाभांश नदिकन बोनस मात्र दिएको थियो। त्यस्तै बैंकले २०७१/०७२,२०७२/०७३, २०७२/०७३  मा नगद लाभांश दिएको थिएन।

glob bonos.jpg

अघिल्लो साता यस बैंकमा सेयर लगानीकर्ताको आकर्षणसँगै सेयर कारोबारमा पनि उत्तिकै चाप बढेको थियो। पछिल्लो साता मात्र बैंकको ६ करोड रुपैयाँको पछिल्लो महिना यताकै सबैभन्दा धेरै कारोबार भएको छ। अघिल्लो हप्ता बैंकको सेयर मूल्य बढ्नुुमा राष्ट्र बैंकले चैत महिना अवधिभर ब्याजदर नबढाउने घोषणा गरेसँगै बैंकको सेयरमा सकारात्मक बनेको हो भने लगानीकर्ताको आकर्षण खरिद चुलिएको हो।

हाल बैंकको सेयर मूल्य आइतबारसम्म आइपुुग्दा प्रतिसेयर २ सय ३६ रुपैयाँ पुुगेको छ। पछिल्लो ५२ हप्ताको सेयर सेरियोलाई हेर्ने हो भने बैंकको ५ सय १० रुपैयाँबाट सबैभन्दा कम २ सय ७५ सम्म आइपुगेको छ। त्यस्तै बैंकको औसत १ सय २० दिनको बजार अवस्थालाई तुलना गर्दा बैंकले ३ सय ५३ दशमलव ०३ प्रतिसेयर आइपुगेको छ ।

पछिल्लो २० दिनमा बैंकले हरियो ठुुलो मैनबत्ती बनाएको छ। फागुनको अन्तिम साता सानो मैतबत्तीको धर्को कोरे पनि मूल्य आएको गिरावटसँगै रातो क्यान्डल बनेको हो। यद्यपी पुन बैंकको सेयरमा हरियो ठूलो क्यान्डल बनेकोछ। यस बीचमा लगातार बैंकले रातो तेस्रो मैतबत्ती बनाउँदै मुभिङ गरेको थियो।

बीचमा फागुन २२ गते कालो धब्बाको मैतबत्ती बने पनि बैंकले रातो क्यान्डल नै बनाएको थियो। यसरी हेर्दा बैंकको सेयर बेरियस मुभमेन्टमा भए पनि सम्हालिने पोजिसनमा रहेको देखाउँछ। यद्यपी लगानीकर्ता आफैले अन्य सबै अवस्था विचार गर्दा उत्तम हुनेछ। 


प्रकाशित : मंगलबार, चैत ८ २०७८०१:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend