शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सस्मित पोखरेल : महानगरमा शिक्षा सल्लाहकारदेखि शिक्षामन्त्रीसम्म

शुक्रबार, चैत १३ २०८२
सस्मित पोखरेल : महानगरमा शिक्षा सल्लाहकारदेखि शिक्षामन्त्रीसम्म

२०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेलले कानूनमा स्नातक गरेका छन्। वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित पोखरेल रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्तासमेत हुन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नम्बर ५ मा निर्वाचित सस्मित पोखरेल शिक्षामन्त्री बनेका छन्। विवेकशील अभियानबाट राजनीतिक यात्रा सुरु गरेका उनले देश निर्माणको स्पष्ट खाका बनाइ अध्ययन गर्दै आइरहेका छन्। पोखरेल कानून बुझेको, नीति निर्माणको व्यावहारिक अनुभव भएको तथा परिणाम दिन सक्ने युवा नेता हुन्। 

२०५२ फागुन १ गते काठमाडौंमा जन्मिएका पोखरेलले कानूनमा स्नातक गरेका छन्। वैकल्पिक राजनीतिका अभियन्ताका रूपमा परिचित पोखरेल रास्वपाका केन्द्रीय सदस्य तथा सहप्रवक्तासमेत हुन्।

उनको प्रारम्भिक शिक्षा तथा प्लस टु तहसम्मको अध्ययन अमेरिकामा भएको हो। नेपाल फर्किएपछि उनले काठमाडौं विश्वविद्यालय स्कुल अफ ल बाट बीएएलएलबी अध्ययन पूरा गरेका छन् र औपचारिक शिक्षाका लागि थप अध्ययनको क्रममा छन्।

बालेन शाह नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका पोखरेल यसअघि काठमाडौं महानगरपालिकामा पनि बालेनको टिममा रहेका काम गरेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन उनी खटिएका थिए।

महानगरपालिकामा उनले शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ तथा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरे। शिक्षा सल्लाहकारको हैसियतमा नीति निर्माणदेखि कार्यान्वयनसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै महानगरको वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समन्वय र नेतृत्वदायी भूमिका खेलेका थिए। सामुदायिक विद्यालयलाई प्राथमिकतामा राख्दै कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई कानुनसम्मत रूपमा छात्रवृत्ति वितरण गर्न नेतृत्व गरेका थिए।

२०७२ सालको भूकम्पपछि अमेरिकामा रहँदै उनले नेपालका लागि ‘अर्थक्वेक फन्ड’ संकलन तथा व्यवस्थापन टोलीमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिँदै उनी विवेकशील साझा युवा संगठनका नेता बने तथा विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्यसमेत भएका थिए।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend