काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेपालका प्रधानमन्त्री नियुक्त भइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान उनलाई नियुक्त गरेका हुन्।
प्रधानमन्त्री बालेन शाहले आज दिउँसो १२ः३४ बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय छ। मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ।
हालसम्म प्रस्तावित १६ सदस्यीय मन्त्रिपरिषद् र मन्त्रीहरूको जिम्मेवारी यसप्रकार रहेका छन् -
प्रधानमन्त्री : बालेन शाह
अर्थमन्त्री : स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री : शिशिर खनाल
गृहमन्त्री : सुधन गुरुङ
कानूनमन्त्री : सोविता गौतम
सामान्य प्रशासन मन्त्री : प्रतिभा रावल
महिला, बालबालिकामन्त्री : सीता वादी
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री : सुनिल लम्साल
उद्योगमन्त्री : अमरेशकुमार सिंह
ऊर्जामन्त्री : विराजभक्त श्रेष्ठ
स्वास्थ्यमन्त्री : निशा मेहता
पर्यटनमन्त्री : गनेस पौडेल
शिक्षामन्त्री : सस्मित पोखरेल
सञ्चारमन्त्री : बिक्रम तिमिल्सिना
श्रममन्त्री : दीपक शाह
कृषि तथा पशुपक्षीमन्त्री : गीता चौधरी