शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

यी हुन् बालेन मन्त्रिपरिषद्मा टुंगो लागेका नाम, अन्यमा छलफल जारी

शुक्रबार, चैत १३ २०८२
यी हुन् बालेन मन्त्रिपरिषद्मा टुंगो लागेका नाम, अन्यमा छलफल जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने प्रक्रिया आज पनि जारी छ। पार्टीका संसदीय दलका नेता बालेन शाह र सभापति रवि लामिछानेले मन्त्रीहरुको नाम फाइनल गर्न छलफल गरिरहेका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने प्रक्रिया आज पनि जारी छ। पार्टीका संसदीय दलका नेता बालेन शाह र सभापति रवि लामिछानेले मन्त्रीहरुको नाम फाइनल गर्न छलफल गरिरहेका छन्।

बिहीबार राति सम्ममा प्रारम्भिक छलफल गरिएका नामहरुलाई अन्तिम रुप दिन अहिले बिहानदेखि बैठक जारी छ। यस बैठकपछि १६ जना मन्त्रीहरुको नाम टुंग्याएर उनीहरुलाई शपथको तयारीका लागि जानकारी दिइनेछ।

हालसम्म टुंगिएका नाममा अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल, कानुन मन्त्रालयमा सोभिता गौतम, स्वास्थ्य मन्त्रालयमा इन्दिरा रानामगर, शिक्षा मन्त्रालयमा सस्मित पोखरेल र गृह मन्त्रालयमा सुनिल लम्साल रहेका छन्। तर केही मन्त्रालयमा फेरबदल हुन सक्ने सम्भावना खुला रहेको छ।

रास्वपाका नेताहरुका अनुसार महिला, जनजाति, भौगोलिक क्षेत्र र अन्य वर्गीय सन्तुलन मिलाउनुपर्ने भएकाले यस विषयमा अझै छलफल भइरहेको छ। पार्टीका एक नेताका अनुसार, आज बिहान १०ः३० बजेसम्म मन्त्रीहरुको नाम फाइनल हुने र ११ बजे राष्ट्रपति कार्यालयमा पेश गर्ने कार्यक्रम तय गरिएको छ।

शपथ कार्यक्रम आज १२:३४ बजे शितल निवासमा आयोजना हुनेछ। यसअघि नै नाम टुंग्याएर शपथ तयारी सुरु गर्न पार्टी नेतृत्व तयार भएको जनाइएको छ।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend