बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

२५ बैंक नेप्सेको ‘ए’ वर्गीकरणमा पर्दा एनआईसी एसिया ‘जेड’ समूहमा, लगानीकर्तालाई के पर्ला असर?

आइतबार, चैत ६ २०७८
२५ बैंक नेप्सेको ‘ए’ वर्गीकरणमा पर्दा एनआईसी एसिया ‘जेड’ समूहमा, लगानीकर्तालाई के पर्ला असर?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ वर्गीकरण गरेको छ। नेप्सेले सूचीकृत कम्पनीहरूलाई 'ए', 'बी', 'जी' र 'जेड' गरी चार समूहमा वर्गीकरण गरेको छ।

जसमा २५ वटा बैंक 'ए' वर्गमा पर्दा एनआईसी एसिया बैंक भने ‘जेड’ मा परेको छ। लाभांश वितरण गर्न नपाएपछि एनआईसी एसिया बैंक जेड वर्गीकरणमा परेको छ। 

राष्ट्र बैंकले एनआईसी एसिया बैंकले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश अस्वीकृत गरेपछि लगातार घटिरहेको सेयर मूल्य घट्ने क्रम अहिले पनि रोकिएको छैन। बैंकले पुँजी कोष ८‍‍‍‍.५ प्रतिशत कायम गर्नुपर्ने थियो। तर एनआईसी ऋणमा आक्रामक हुँदा उक्त कोष तोकेअनुसार हुन नसकेको भन्दै लाभांशमा रोक लागेको थियो। 

नेप्सेले गरेको वर्गीकरणमा राम्रो मानिने 'ए' वर्गमा मा २५ वटा वाणिज्य बैंक परेका छन्। एनआईसी एसिया बैंकबाहेक सबै वाणिज्य बैंक 'ए' मा परेका हुन्। त्यस्तै 'ए' वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रोपाjर र उत्पादन समूहबाट शिवम् सिमेन्ट परेको छ।  

त्यस्तै 'बी' वर्गमा २ वटा फाइनान्स, ४ वटा लघुवित्त, २ वटा हाइड्रोपाबर र इन्भेष्टमेन्ट समूहबाट एचआईडिसीएल परेको छ। वर्ग 'जी' मा भने ८ वटा लघुवित्त, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, १४ वटा हाइड्रो, होटेल समूहहरू परेका छन्। 


प्रकाशित : आइतबार, चैत ६ २०७८१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend