बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अनलाइनबाटै पाइने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ६ २०७८
ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अनलाइनबाटै पाइने

यो योजनामा मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिनसक्नेछन् । 

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन्। बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ । 

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” वा वेबसाइट मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन्। सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जानकारी दिएको छ। 

यो योजनामा मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिनसक्नेछन् । 


प्रकाशित : आइतबार, चैत ६ २०७८१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend