बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

वाणिज्य बैंकहरूको निक्षेप घट्यो, ऋण प्रवाह ठप्प

आइतबार, चैत ६ २०७८
वाणिज्य बैंकहरूको निक्षेप घट्यो, ऋण प्रवाह ठप्प

काठमाडौं- वाणिज्य बैंकहरूको निक्षेप पुन: घटेको छ। गत फागुनमा २२ अर्ब निक्षेप बढेता पनि चैतको सुरुवातमै निक्षेप घटेको छ। 

चैत ४ गतेसम्म ५ अर्बले निक्षेप घटेको हो। बैंकहरूको ४३ खर्ब ३३ अर्ब निक्षेप रहेकोमा ४३ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ। त्यस्तै ऋण प्रवाह ठप्प भएको छ। ऋण प्रवाह ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा ४१ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ। 

अहिलेको अवस्थाले तरलता संकट अहिले नै सकिने संकेत नदेखिएको बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बताए। ‘रेमिट्यान्स प्रवाहमा समस्या देखिँदा असर बैंकिङ तरलता ठोक्किएको छ’ उपाध्यायले भने। 

निरन्तर ओरालो लागिरहेको निक्षेप दरमा फागुनमा भने केही राहत भएको थियो। फागुन महिनामा वाणिज्य बैंकहरूमा निक्षेप २२ अर्बले बढेको छ। वाणिज्य बैंकहरूमा फागुन महिनामा २२ अर्ब रुपैयाँले निक्षेप बढेको थियो। फागुनमा महिनामा ऋण १७ अर्ब रुपैयाँ मात्रै जारी भएको थियो। 

असारयता बैंकहरूमा निक्षेप १ खर्ब ३२ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत असारमा ४२ खर्ब १ अर्ब निक्षेप रहेकोमा फागुन मसान्तमा आइपुग्दा ४३ खर्ब ३३ अर्ब पुगेको छ। गत वर्ष यो अवधिमा निक्षेप ३ खर्ब ४७ अर्ब थपिएको थियो। आठ महिनामा गतवर्षको तुलनामा २ खर्ब १५ अर्बले निक्षेप घटेको छ। 


प्रकाशित : आइतबार, चैत ६ २०७८१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend