बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेप्सेमा सूचीकृत कम्पनीको नयाँ वर्गीकरण सार्वजनिक, 'ए' वर्गमा २५ बैंक

आइतबार, चैत ६ २०७८
नेप्सेमा सूचीकृत कम्पनीको नयाँ वर्गीकरण सार्वजनिक, 'ए' वर्गमा २५ बैंक

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचीकृत कम्पनीहरूको वर्गीकरण सार्वजनिक गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को व्यबस्था बमोजिम कम्पनीहरूको वर्गीकरण सूची सार्वजनिक गरेको हो।

साविकमा सूचीकृत संगठित संस्थालाई 'ए' र 'बी' गरी दुईवटामा सीमित गरिएको थियो। २०७५ देखि नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी 'ए', 'बी', 'जी' र 'जेड' गरी चार वर्गमा वर्गीकरण गर्ने व्यबस्था छ। सोहिअनुसार नेप्सेले संस्थाको चुक्ता पुँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ वर्गीकरण सार्वजनिक गरेको हो ।  

नेप्सेले गरेको वर्गीकरणमा राम्रो मानिने 'ए' वर्गमा मा २५ वटा वाणिज्य बैंक परेका छन्। एनआईसी एसिया बैंकबाहेक सबै वाणिज्य बैंक 'ए' मा परेका हुन्। एनआईसी भने जेड वर्गमा परेको छ। त्यस्तै 'ए' वर्गमा चार वटा विकास बैंक, दुई वटा फाइनान्स, एउटा लघुवित्त, तीन वटा हाइड्रो र उत्पादन समूहबाट शिवम् सिमेन्ट परेको छ।  

कुन कम्पनी कुन वर्गमा?


प्रकाशित : आइतबार, चैत ६ २०७८११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend