शुक्रबार, चैत १६ गते २०८०    
images
images

दुगड ग्रुपबाट खोसियो रोयल इनफिल्ड 

ब्रान्ड लिन व्यावसायिक ठूला घरानाबीच घम्साघम्सी 

images
images
दुगड ग्रुपबाट खोसियो रोयल इनफिल्ड 

भारतमा रोयल इनफिल्डको स्वामित्व आइसर ग्रुपसँग रहेको छ। दुगड समूहले कम्पनीको टार्गेट अनुसार मोटरसाइकल बिक्री गर्न नसकेकाले आधिकारिक बिक्रेता फेरिएको हुनसक्छ।  

images
images

काठमाडौं- बेलायती दुईपांग्रे ब्रान्ड रोयल इनफिल्ड दुगड ग्रुपबाट खोसिएको छ। हालसम्म दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले आधिकारिक रुपमा नेपाल भित्र्याउँदै आएको छ। रोयल इनफिल्ड इन्डियाले विवेक अटोमोबाइल्स आगामी मे ८ सम्ममात्र आधिकारिक बिक्रेता कायम रहने बताएको छ। 

images
images
images

विवेक अटोमोबाइलले विगत लामो समयदेखि रोयल इनफिल्डका मोटरसाइकल बिक्री गर्दै आएको छ। मोटरसाइकल प्रेमीहरूका लागि रोडल इनफिल्ड ब्रान्ड रोजाइमा पर्दै आएको छ। लामो यात्रामा मोटरसाइकलमा जान चाहनेहरूका लागि केही समयअघिसम्म एकमात्र उपयुक्त विकल्प नै रोयल इनफिल्ड हुने गरेको थियो। 

images

युरोपेली ब्रान्ड रोयल इनफिल्डले विवेक अटोमोबाइल्सबाट खोसिएपछि कुन घरानाले लिन्छ भन्ने यकिन भएको छैन। रोयल इनफिल्ड ब्रान्डको आधिकारिक बिक्रेता हुन ठूला व्यावसायिक घरानाबीच प्रतिस्पर्धा भएको थियो। 

images
images

ठूला व्यावसायिक घरानाले रोयल इनफिल्डको आधिकारिक बिक्रेता बन्न रोयल इनफिल्ड भारतमा आवेदन दिएर शक्तिको खेलमा समेत लागेका थिए। ‘करिब १० कम्पनीले रोयल इनफिल्डको आधिकारिक बिक्रेता बन्ने इच्छासहित सहभागी भएका थिए,’ एक व्यवसायीले बिजनेस न्युजसँग भने, ‘सर्टलिस्टमा ३ वटा कम्पनी थिए, त्यहीमध्येबाट एउटाले पाएको हुनुपर्छ।’ 

नेपाली अटोमोबाइल बजारमा अग्रणी व्यवसायिक समूहमध्येको एक दुगड समूह पछिल्लो समय कारको व्यवसायबाट बाहिरिन बाध्य भएको थियो। दुगड समूहले बिक्री गर्दै आएको जापानी कम्पनी निसानको आधिकारिक बिक्रेता सारडा समूहले खोसेको थियो। सन् २०१७ मा दुगड समूहबाट सारडा समूहले लगेको थियो। 

दुगड समूहले २० वर्षदेखि रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमा आधिकारिक बिक्रेताको रुपमा बिक्री गर्दै आएको थियो। 

भारतमा रोयल इनफिल्डको स्वामित्व आइसर ग्रुपसँग रहेको छ। दुगड समूहले कम्पनीको टार्गेटअनुसार मोटरसाइकल बिक्री गर्न नसकेकाले आधिकारिक बिक्रेता फेरिएको हुनसक्छ।  

यस्तो छ दुई वर्षको बिक्री 

आर्थिक वर्ष २०७७/७८ मा रोयल इनफिल्डका ७ हजार ७९ वटा मोटरसाइकल बिक्री भएको थियो। सोही वर्ष रोयल इनफिल्डको बुलेट क्लासिक ३५० मोडल ७ सय ३७ वटा र थन्डर बर्ड ३५० मोडल ४२ वटा बिक्री भएको तथ्यांक छ। 

त्यस्तै आव २०७६/७७ मा रोयल इनफिल्डका ३ हजार ५ सय ३ वटा मोटरसाइकल बिक्री भएको थियो। यो वर्ष रोडल इनफिल्डको बुलेट क्लासिक ३५० मोडल ३ हजार २ सय ६८ वटा, हिमालयन २७ वटा, इन्टरसेप्प्टर २० वटा र थन्डर बर्ड ३५० मोडल १ सय ८८ वटा बिक्री भएको थियो। 

रोयल इनफिल्ड ब्रान्डका नेपाली बजारमा सबैभन्दा धेरै बु्लेट क्लासिक ३५० मोडल हो। यो मोडल धेरै युवाको रोजाइमा पर्ने गरेको छ। तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले ४ सय सीसीभन्दा बढी इन्जिन क्षमताका मोडटरसाइकलका कर बढाएसँगै रोयल इनफिल्डका मोटरसाइकलको बिक्रीमा कमी आएको थियो। 

बढी इन्जिन क्षमताको मोटरसाइकलमा कर बढाएसँगै रोयल इनफिल्डका ५ सय सीसी इन्जिन क्षमताका मोटरसाइकल महँगो भएसँगै आयात ठप्प प्रायः भएको हो।

images

प्रकाशित : आइतबार, चैत ६ २०७८११:०५

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ