शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

कमजोर बनेको सेयर बजारमा राष्ट्र उत्थान र इमर्जिङ नेपालको सेयरमा सकारात्मक सर्किट

images
आइतबार, चैत ६ २०७८
images
images
कमजोर बनेको सेयर बजारमा  राष्ट्र उत्थान र इमर्जिङ नेपालको सेयरमा सकारात्मक सर्किट
images
images

काठमाडौं- साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीमा भने सकारात्मक सर्किट लागेको छ।

images
images
images

आइतबार नेप्से परिसूचक गिरावट आए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी र  विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

images

आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ।

images

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत निरन्तर रुपमा गिरावट हुँदै आएको  छ।

नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा लगानी उपसमूहको मात्रै १.६६ प्रतिशतले  सूचक बढेको छ। तर होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै  १.९६ प्रतिशतले गिरावट आएको छ। त्यस्तै विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।


प्रकाशित : आइतबार, चैत ६ २०७८१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend