शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कालीमाटीले तोक्यो कृषिउपजको थोक मूल्य, गोलभेँडा ८० रुपैयाँसम्म

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
कालीमाटीले तोक्यो कृषिउपजको थोक मूल्य, गोलभेँडा ८० रुपैयाँसम्म

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ५० रुपैयाँ, सानो (भारतीय) ५५ रुपैयाँ र सानो (तराई) ६० रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो २० रुपैयाँ र आलु रातो (भारतीय) २३ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, गाजर (लोकल) ४० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, बन्दा (नरिबल) ३० रुपैयाँ रहेको छ। काउली स्थानीय तथा ज्यापु दुवै ८० रुपैयाँ र काउली तराई ६० रुपैयाँ तोकिएको छ। सेतो मूला (लोकल) २० रुपैयाँ र (हाइब्रिड) ३० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ र भन्टा डल्लो ७५ रुपैयाँ कायम गरिएको छ।

बोडी (तने) प्रतिकिलो १८० रुपैयाँ, मटरकोसा ६० रुपैयाँ, घिउ सिमी (लोकल) १०० रुपैयाँ, (हाइब्रिड) ९० रुपैयाँ र (राजमा) १०० रुपैयाँ तोकिएको छ। टाटे सिमी ७० रुपैयाँ, तिते करेला १८० रुपैयाँ, लौका ११० रुपैयाँ, परवर (तराई) १३० रुपैयाँ, घिरौँला १२० रुपैयाँ र फर्सी पाकेको ६५ रुपैयाँ निर्धारण गरिएको छ। हरियो फर्सी (लाम्चो) ९० रुपैयाँ र (डल्लो) ६० रुपैयाँ, भिन्डी १५० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला १०० रुपैयाँ, पिँडालु ६० रुपैयाँ र स्कुस ६० रुपैयाँ कायम गरिएको छ।

हरियो सागसब्जीतर्फ रायोसाग ८० रुपैयाँ, पालुङ्गो ११० रुपैयाँ, चमसुर ११० रुपैयाँ, तोरीसाग ६० रुपैयाँ, मेथी ११० रुपैयाँ र हरियो प्याज ८० रुपैयाँ निर्धारण गरिएको छ। बकुला र तरुल दुवै ७० रुपैयाँमा कारोबार हुनेछन्। च्याउतर्फ कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ तोकिएको छ।

कुरिलो ५०० रुपैयाँ, निगुरो ८० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, सजीवन १२० रुपैयाँ, कोइरालो २०० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, जिरीको साग ८० रुपैयाँ, ग्याठकोभी ६० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २०० रुपैयाँ, सौफको साग ११० रुपैयाँ, पुदिना १२० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १३० रुपैयाँ, तोफु १५० रुपैयाँ र गुन्द्रुक ३२० रुपैयाँ निर्धारण गरिएको छ। रूखटमाटर प्रतिकिलो ३०० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ र (फुजी) ३०० रुपैयाँ, केरा (दर्जन) २१० रुपैयाँ, कागती २४० रुपैयाँ, अनार ३५० रुपैयाँ निर्धारण गरिएको छ। अङ्गुर (हरियो) २२० रुपैयाँ र (कालो) ३५० रुपैयाँ, सुन्तला (भारतीय) १५० रुपैयाँ, तरबुजा ५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १७० रुपैयाँ र रुखकटहर प्रतिकिलो १२० रुपैयाँ तोकिएको छ।

काँक्रो (लोकल) ६० रुपैयाँ, (हाइब्रिड) ३० रुपैयाँ र (लोकलक्रस) ५० रुपैयाँ, नास्पाती (चाइनिज) २५० रुपैयाँ, मेवा (नेपाली) ७० रुपैयाँ र (भारतीय) ११० रुपैयाँ निर्धारण गरिएको छ। लप्सी ३०० रुपैयाँ, किनु १३० रुपैयाँ, स्ट्रबेरी ३५० रुपैयाँ, किबी ४०० रुपैयाँ र एभोकाडो ४०० रुपैयाँ कायम गरिएको छ।

मसलातर्फ अमला १४० रुपैयाँ, अदुवा ११० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ, हरियो खुर्सानी १६० रुपैयाँ, हरियो (बुलेट) १५० रुपैयाँ र हरियो (अकबरे) ८०० रुपैयाँ निर्धारण गरिएको छ। भेडे खुर्सानी १२० रुपैयाँ, हरियो लसुन ७० रुपैयाँ, हरियो धनियाँ ९० रुपैयाँ, लसुन सुकेको (चाइनिज) २५० रुपैयाँ र (नेपाली) २०० रुपैयाँ तोकिएको छ।

यसैगरी, छ्यापी सुकेको १२० रुपैयाँ र हरियो ८० रुपैयाँ, माछा सुकेको १,००० रुपैयाँ, ताजा माछा (रहु) ३५० रुपैयाँ, (बचुवा) २८० रुपैयाँ र (छडी) २५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत १० २०८२०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend