आइतबार, वैशाख २३ गते २०८१    
images
images

बेँसीसहर-चामे सडकखण्ड थप १० दिन बन्द

images
बिजनेस न्युज
images
images
बेँसीसहर-चामे सडकखण्ड थप १० दिन बन्द
images
images

मनाङ- लमजुङ र मनाङ जोड्ने डुम्रे-बेँसीसहर-चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ। सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ। कलभर्टको ढलान पूर्णरुपमा सेट नभएका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

images
images
images

पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ। 'मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे-बेँसीसहर- चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको' डुम्रे-बेँसीसहर- चामे सडक योजना कार्यालयले जनाएको छ।

images

सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो। जिल्लाको नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ। यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो। पछि पुनः काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो। त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो। रासस

images

images

प्रकाशित : आइतबार, चैत ६ २०७८०८:३५
प्रतिक्रिया दिनुहोस