काठमाडौं- नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले सोमबार जेइको जेसिक्स टी औपचारिक रूपमा सार्वजनिक गरेको छ। बेस्ट-इन-सेग्मेन्ट इलेक्ट्रिक अल-रोडर जेसिक्स टी ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित भइ आकर्षक बक्सी र रग्ड डिजाइनमा बनेको हो।
यो गाडी रियर-ह्वील ड्राइभ भेरियन्टमा ६८ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको भए पनि ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफरअन्तर्गत ६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ।
जेइको जेसिक्सको सफलतापछि एसपीजीले जेइको जेसिक्स टी सार्वजनिक गरेको हो। कार्यक्रममा शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदा, निर्देशक गौरव शारदा, जेइको जेसिक्सका ग्राहकहरूलगायत सहभागी थिए।
अल-रोडर जेइको जेसिक्स टीमा रियर-माउन्टेड मोटर छ जसले २ सय २० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आइरन फस्फेट सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले ४ सय ३१ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। साथै २ सय २५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४४ सय ३३ एमएम लम्बाइ, १९ सय १६ एमएम चौडाइ, १७ सय ४१ एमएम उचाइ तथा २७ सय १५ एमएमको ह्वीलबेसमा उपलब्ध छ।
गाडीमा १९ इन्च टायर, १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२ इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक विशेषता समावेश छन्।
यसअघि जेइको जेसिक्समा २ सय एमएम ग्राउन्ड क्लियरेन्स तथा ४ सय किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जेसिक्स टीमा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ। जेइको जेसिक्सको सफल आधारलाई थप मजबुत बनाउँदै जेसिक्स टीले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।
जेइको जेसिक्सले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन र बेस्ट-इन-सेग्मेन्ट विशेषताहरूका कारण पहिचान बनाइसकेको छ। त्यसैले नयाँ आकर्षक लुक्स र १९ इन्च टायरसहित जेसिक्स टीले ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा आफ्नो स्थान स्थापित गर्ने विश्वास गरिएको छ। नयाँ जेसिक्स टी अब देशभरका सबै ओमोडा एन्ड जेइकोका आधिकारिक शोरुमहरूमा उपलब्ध छ।
यस नयाँ मोडेलको सुरुवातसँगै एसपीजी अटोमोबाइल्सले नेपालको तीव्र गतिमा विकास भइरहेको एसयूभी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने र नवीन प्रविधियुक्त, विश्वासिलो तथा साहसिक ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ।