बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बुक क्लोजको मिति नजिकिँदा जीवन विकास लघुवित्तको सेयर खरिदमा झुम्मिए लगानीकर्ता, पहिलेको रेकर्ड तोड्ला?

आइतबार, चैत ६ २०७८
बुक क्लोजको मिति नजिकिँदा जीवन विकास लघुवित्तको सेयर खरिदमा झुम्मिए लगानीकर्ता, पहिलेको रेकर्ड तोड्ला?

काठमाडौं- जीवन विकास लघुवित्तको सेयर खरिदमा आइतबार लगानीकर्ता झुम्मिएका छन्। जसका कारण सबैभन्दा धेरै कारोबार हुने सूचीमा जीवन विकास परेको छ।  

कम्पनीको १३ करोड ४२ लाख रुपैयाँ बराबरका २६ हजार ३ सय ४१ कित्ता सेयर किनबेच भएको छ। कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१ सय २० मा कारोबार भएको छ। यो सेयरमूल्य अघिल्लो कारोबार भएको दिनको तुलनामा १४५ रुपैयाँले वृद्धि भएको हो। 

jlbl.PNG

कम्पनीले प्रस्तावित कुल ७३.६८ प्रतिशत लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेसँगै सर्वाधिक सेयर खरिद बिक्री भएको हो। कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ५५१६ रुपैयाँ र न्यूनतम ८९० रुपैयाँमा कारोबार भएको थियो। अहिले सेयर मूल्य बढेकोले विगतको रेकर्ड तोड्ने देखिन्छ। 

यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २५ गते साधारणसभा बोलाएको छ। उक्त साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस आधारमा चैत १० गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउने छन्। 


प्रकाशित : आइतबार, चैत ६ २०७८१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend