शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

प्राधिकरणका तत्कालीन महानिर्देशक क्षेत्रीको मुद्दा पूर्ण सुनुवाइमा

images
आइतबार, चैत ६ २०७८
images
प्राधिकरणका तत्कालीन महानिर्देशक क्षेत्रीको मुद्दा पूर्ण सुनुवाइमा
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीले सर्वोच्च अदालतमा दायर गरेको रिट पूर्ण सुनुवाइमा जाने भएको छ।

images
images
images

गत महिना सर्वोच्चले अल्पकालीन आदेश दिँदै हाजिर गराउन भनेको थियो। तर आइतबार पूर्ण सुनुवाइमा लैजाने फैसला भएको छ।

images
images

उमेर हदका कारण अवकाश लिएका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीले आफूले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने भन्दै दायर गरेको रिटमा पूर्ण सुनुवाइमा लैजाने फैसला भएको हो। यसअघि अल्पकालीन आदेशमार्फत निर्णय यथास्थितिमा राख्ने आदेश दिँदै आजका लागि छलफलमा दुवै पक्षलाई बोलाइएको थियो।

images
images

अवकाशप्राप्त क्षेत्री ऐनबमोजिम पनि महानिर्देशक नरहेको र नियमावलीबमोजिम कर्मचारी पनि नभएकाले यसअघि हाजिर गर्न रोक लगाइएको थियो। तत्कालीन महानिर्देशक क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका थिए। 

क्षेत्रीले मंसिर २३ गते उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश लिएका थिए। गत पुस २५ गते प्राधिकरणकै प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो। अवकाशप्राप्त क्षेत्रलीले महानिर्देशकको थप कार्यकाल काम गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। सरकारले यसअघि नै प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ।

प्राकिरण ऐनका दफा अनुरुप चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त गर्ने र सरकारले चाहेका बेला त्यस्तो महानिर्देशकलाई जुनसुकै बेला हटाउन सक्ने प्राबधान रहेको छ। 


प्रकाशित : आइतबार, चैत ६ २०७८१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend