बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बैंकिङ तरलता र बाह्य क्षेत्र सन्तुलनका लागि राष्ट्र बैंकले के गरिरहेको छ?

आइतबार, चैत ६ २०७८
बैंकिङ तरलता र बाह्य क्षेत्र सन्तुलनका लागि राष्ट्र बैंकले के गरिरहेको छ?

तरलता अभाव  न्यूनीकरण तथा शोधनान्तर घाटा रफ्तार नियन्त्रणका लागि भन्दै आयातमा हुने भुक्तानीमा कडाइ गरेको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ तरलताको समस्या समाधान तथा बाह्य क्षेत्र सन्तुलनका लागि विभिन्न नीतिगत काम गरिरहेको छ। 

बैंकिङ प्रणालीमा तरलता अभाव बढ्दै गएको र त्यसमाथि शोधनान्तर घाटा पनि बढ्दै गएपछि राष्ट्र बैंकले एकपछि अर्को नियन्त्रणकारी निर्णय लिँदै आएको छ। 

राष्ट्र बैंकले चैत १ गतेसम्म स्थायी तरलता सुविधामार्फत ४६ खर्ब ५९ अर्ब ३० करोड तरलता प्रवाह गरेको जानकारी दिएको छ। ओभरनाइट रिपो मार्फत १ खर्ब २४ अर्ब ६० करोड, रिपो मार्फत  २ खर्ब ७० अर्वआउटराइट खरिद मार्फत ५५ अर्व ९२ करोड तरलता प्रवाह गरेको राष्ट्र बैंकले जानकारी गराएको छ। 

तरलता अभाव  न्यूनीकरण तथा शोधनान्तर घटा रफ्तार नियन्त्रणका लागि भन्दै आयातमा हुने भुक्तानीमा कडाइ गरेको छ। 

हालसम्म ४७ हार्मोनी कोडका वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको केन्द्रीय बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट सीममा घटाएको छ। 

चाँदी आयातको लागि सटही सीमा तोक्ने व्यवस्था शुरु गरी प्रतिपटक अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा सटही सुविधा दिने निर्णय गरेको राष्ट्र बैंकले पछिल्लो समय सुनको आयात कोटा प्रतिदिन २० किलोबाट १० किलोमा झारिदिएको छ। 

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूलाई दिने नगद विदेशी मुद्राको सीमा घटेको छ भने तेस्रो मुलुकबाट ड्राफ्ट र टिटीको माध्यमबाट वस्तु आयात गर्दा एक पटकमा बढीमा ३५ हजार अमेरिकी डलर सटही सुविधा दिनेगरी नियन्त्रणकारी उपकरण कार्यान्वयनमा ल्याइएको छ। 


प्रकाशित : आइतबार, चैत ६ २०७८०६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend