शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

रास्वपाले संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ६ २०८२
रास्वपाले संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान गर्ने प्रक्रिया नगर्ने भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सर्वसम्मत रुपमा नेता चयन गर्न लागिएको हो।

पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूको सहमतिमा दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने निर्णय भएको हो। यसअन्तर्गत पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको थियो।

यसबारे अन्तिम अनुमोदनका लागि १२ गते केन्द्रीय समिति बैठक बस्ने तयारी भइरहेको समेत बुर्लाकोटीले जानकारी दिए। उक्त बैठकमा पार्टीका वरिष्ठ नेताहरू र सांसदहरूले सर्वसम्मत सहमतिलाई औपचारिक रूपमा अनुमोदन गर्ने छ।

संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नु पार्टीभित्र एकता देखाउने संकेत रहेको बताउँदै उनले आगामी राजनीतिक प्रक्रियामा पार्टीलाई बलियो स्थिति प्रदान गर्नेसमेत बताए।


प्रकाशित : शुक्रबार, चैत ६ २०८२१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend