मंगलबार, वैशाख ११ गते २०८१    
images
images

विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा

images
images
images
विदेशमा नमिलेको खुसी गाउँको कृषि कर्ममा
images
images

गलेश्वर- म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका हरिलाल घिमिरे र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन्।

images
images
images

गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी घिमिरे दाजुभाइमात्र होइनन्, जिल्लामा कैयौँ युवाहरु छन्। रहरले होओस् वा बाध्यताले नेपालीहरू पैसा कमाउनका लागि दैनिक सयौँ युवा विदेशी भूमिमा जाने गर्दछन्। 

images

अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन्। तर पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ। आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ४७ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन्।

images

पाँचवटा हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन्। काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममै चार लाख रुपैयाँ भन्दा बढी कमाई गर्दै आएको बताए । ‘विदेशबाट फर्किएको ९ वर्ष भयो। त्यो अवधिमा विदेशभन्दा तीन गुणा बढी कमाउन सफल भएँ,’ उनले भने, “आफ्नो परिवारसँगै बसेर आफ्नै माटोमा रमाउनुको मज्जा नै बेग्लै हुँदोरहेछ।’

images
images

गाउँमै तीन लाख लगानी गरेर रोहोटे नमूना कृषि फार्म सञ्चालन गरेको घिमिरेले बताए। ‘आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ र काउली, बन्दा, आलु, गोलभेँडा, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बिक्री गर्ने गरेको छु, बजारका लागि टाढा जानै पर्दैन,’ उनले भने। 

त्यसैगरी रोहोटेकै हरिलाल घिमिरेले तरकारीसँगै लोकल बाख्रा, कुखुरा र माछापालन पनि गरेका छन्। १० रोपनी जग्गामा श्रीमती र छोराको सहयोगमा सबै काम गर्न सफल भएको घिमिरेले बताए। तरकारीसँगै उहाँले गाउँमा धान, गहुँ, मकै, कोदोआदि पनि गरेको बताए। उनले भन्नुभयो, ‘१४ वर्ष दुबई र कतारको मरुभूमिमा दुःख गरेँ, तर जीवनमा हरियाली छाउन सकेन, आफ्नै गाउँ फर्केर आफ्नै माटोमा गरेको परिश्रमले बल्ल जीवनमा हरियाली ल्याउन सफल भएँ।”

अहिले मानिसहरूले धेरै दुःख गर्न छाडेका कारणले गाउँमै आफूले उत्पादन गरेको तरकारी बिक्री हुने गरेको घिमिरेको भनाइ छ। आफ्नो गाउँ ठाउँमा कृषि गर्नका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए। गत वर्ष हाइटेक टनेलका लागि पालिकाबाट आधा पैसा तिरेर टनेल बनाएको हो, त्यसबाहेक अन्य सहयोग स्थानीय सरकारले नगरेको घिमिरेकोे गुनासो छ। 

स्वदेशमै केही गर्न चाहने मानिसहरूका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने किसानको भनाइ  छ। त्यसैगरी १७ वर्ष भारतीय सेनामा काम गरी सेवा निवृत्त हुनुभएका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले सुरु गरेको कालिजपालन यस क्षेत्रकै रहरलाग्दो व्यवसाय बनेको छ। रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यावसायिकरुपमा नै कालिजपालन सुरु गरेका घिमिरेले एक वर्षको अवधिमा राम्रो आम्दानी मात्रै हैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन्।

२१ लाख रुपैयाँको लगानीबाट कालिजपालन सुरु गरेका घिमिरेको फर्ममा अहिले २०० कालिज हुर्कंदै छन् भने यस अवधिमा उनले ६ सय वटा कालिज बिक्री गरिसकेको जानकारी दिए। लामो अध्ययनपछि उनले फापरखेतमा कालिज पाल्ने सोच बनाएको बताए। ‘भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ’, ४० वर्षीय  घिमिरेले भने, ‘पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउँदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ।’

म्याग्दीमा २०० भन्दा बढी युवा विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका स्थानीय तहका कृषि शाखाले जनाएका छन्। ‘युवामा बल्ल व्यावसायिक कृषिका बारेमा नयाँ सोच आउँदैछ,  नयाँ योजनामा युवा किसान लागेका छन्, परिणाम आउन भने केही समय कुर्नैपर्छ’, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले भने। 

विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले  डेढ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानामार्फत अक्षयकोषका लागि विद्यालयमा  डेढ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। 

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा प्रजिअ ढकालले समुदायको सक्रियताले नै विद्यालय बन्ने बताए। ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले कोषमार्फत विपन्नको उपचारबाहेक विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत साथ र सहयोग रहेको बताए। सोही अवसरमा १० हजार रुपैयाँको स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।

यसअघि सोही विद्यालयमा पत्रकार ध्रुवसागर शर्माले आफ्नी स्व। छोरी विनिता शर्माको स्मृतिमा एक लाख रुपैयाँको विनिता शर्मा स्मृति अक्षयकोष स्थापना गरेका थिए।

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक सङ्कलन अभियानका संयोजक कृष्ण थापालगायत स्थानीयवासीको उपस्थिति थियो। संस्थामार्फत यसअगाडि पाउद्वार माविमा समेत स्वर्गीय होमप्रसाद तिलिजाकोे स्मृतिमा एक लाख ५० हजार रुपैयाँको कोष स्थापना गरेको थियो।  

images

प्रकाशित : शनिबार, चैत ५ २०७८११:४५

प्रतिक्रिया दिनुहोस