शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

दोस्रो बजारमा  सस्तो मूल्यमै पाइन्छ ८ वाणिज्य बैंकको सेयर, लाभांश र नाफामा भने छलाङ

images
शनिबार, चैत ५ २०७८
images
images
दोस्रो बजारमा  सस्तो मूल्यमै पाइन्छ ८ वाणिज्य बैंकको सेयर, लाभांश र नाफामा भने छलाङ
images
images

काठमाडौं- गतवर्ष बजार बढेर उच्च अंकमा गएपनि बैंकहरुको सेयर मूल्य भने बढ्न सकेन। बजार घट्दा पनि बैंकको सेयर मूल्य खासै घटेको छैन। अन्य कम्पनीहरु घटेर सस्तो मूल्यमा आएपनि वााणिज्य बैंकहरुको सेयर मूल्य भने घटेको छैन।

images
images
images

दोस्रो बजारमै अझै पनि आईपीओ सरह नै वाणिज्य बैंकको सेयर खरिद गर्न पाइन्छ। लाभांशका हिसाबले सस्तो सेयर मूल्य भएपनि बैंकको सेयर आकर्षक रहेका छन्। 

पछिल्लो समय सस्तो मूल्यमा ७ बैंकहरु जुन मर्जका लागि उपयुक्त जोडीको खोजिमा छन्। बजार विस्तार र अन्य सूचकका हिसाबले ती बैंकका सेयर आकर्षक बन्दै गएका छन्। ७ बैंकको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम मूल्यमा रहेको छ। केही हजारले पाउने आईपीओका लागि ३० लाख आवेदन पर्ने गरेता पनि दोस्रो बजारमै ३०० रुपैयाँभन्दा तलमा खरिद गर्ने हो भने लाभांश लिएरै नाफा बुक गर्न सकिन्छ।  

images

यी हुन् ३ सय रुपैयाँभन्दा कम मूल्यका सेयर भएका वाणिज्य बैंकहरु

images

सिभिल बैंक

समग्र सेयर बजार घट्दा र बढ्दा पनि सिभिल बैंकको सेयर मूल्यमा खासै उतारचढाव आउने गरेको छैन। गत बुधवार अन्तिम कारोबार हुदाँ सिभिल बैंकको प्रतिकित्ता ३ रुपैयाँ घटेर अन्तिम मूल्य २३४ रुपैयाँ कायम भएको छ। साेही दिन बैंकको ३८ हजार ३२७ कित्ता सेयर कारोबार भएको थियो। 

पछिल्लो समय सञ्चालक समिति अध्यक्षको रुपमा प्रतापजंग पाण्डे भित्रिएपछि सिभिल बैंकले आन्तरिक सुधारका कामहरूले तीब्रता पाउनुको साथै व्यावसायिक आक्रमकता पनि बढाउँदै लगेको छ। नाफा कमाउने र लाभांश बढाउनुको साथै कुनै ठूलो बैंकसँग मर्जरमा पनि जाने देखिएकोले अहिले सेयर खरिद गर्नेहरुका लागि नाफा गर्ने उपयुक्त अवसरको रुपमा लगानीकर्ताले याे बैंककाे सेयर खरिद गर्न सक्छन्।

व्यापार र नाफाका हिसाबले समेत आक्रामक सिभिल बैंक मर्जमा जाने भएपछि लगानीकर्ताको चासोमा परेको छ। पछिल्ले ५२ हप्तामा बैंकको सेयर मूल्य अधिकतम ३१६ रुपैयाँ थियो भने न्यूनतम २१६ रुपैयाँमा कारोबार भएको थियो। बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ। भने बजार पुँजीकरण २१ अर्ब २३ करोड रुपैयाँ रहेको छ। 

सेञ्चुरी बैंक

प्रभुसँग सेञ्चुरी बैंक मर्जरका लागि तयारी तीब्र पारेका छन्। दुवै बैंकले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्। दुवै बैंकका सञ्चालकले मर्जरको लागि अनाैपचारिक छलफल गरिरहेका छन्।

दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। मर्ज भए पनि नभए पनि सेञ्चुरी बैंकले एकल रुपमा सूचकमा राम्रो गर्दै लगेको छ। दोस्रो त्रैमासमा सेञ्चुरी बैंकले ५४ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले दोस्रो त्रैमासमा ७२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। सेञ्चुरीको दोस्रो बजारमा २२९.३० रुपैयाँमा कारोबार भएको छ। बुधबार बैंकको सेयर प्रतिकित्ता १.७० रुपैयाँले घटेको थियो। सेञ्चुरीको पुँजीकरण २१ अर्ब रुपैयाँ पुगेको छ।

एनसीसी बैंक

एकपछि अर्को मर्जरको हल्ला चलिरहने नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक आफैमा सूचकका हिसावले खराब छैन। विगतमा नबिल बैंकसँग मर्जको हल्ला चलेता पनि पछिल्लो समय ग्लोबल आईएमई बैंकसँग चर्चा चलेको छ। तर ठोस कुनै पनि कार्य भने अगाडि बढेको छैन।

सेयरधनीलाई एनसीसीले गत वर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश दिएको थियो। बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। एनसीसीको पछिल्लो ५२ हप्तामा सेयर मूल्य अधिकतम ४०७ रुपैयाँ र न्युनतम २४३ रुपैयाँमा कारोबार भएको थियो। बैंकको बुधवार प्रतिकित्ता २५८ रुपैयाँमा किनबेच भएको थियो। 

सिटिजन्स बैंक

सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिए पनि सेयर मूल्य भने २७३ रुपैयाँ मात्रै रहेको छ। यो बैंकले पनि मर्जका लागि पहल गर्ने भनेता पनि अहिलेसम्म ठोस कदम भने चालेको छैन। गत बुधवार बैंकको सेयर प्रतिकित्ता ४ रुपैयाँले घटेको थियो। बैंकको बुधवार २८ हजार २९७ कित्ता कारोबार भएको थियो।

पछिल्लो ५२ हप्तामा अधिकतम ४४४ रुपैयाँमा कारोबार हुँदा न्युनतम २५२ रुपैयाँमा भएको थियो। बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रहेको छ भने बजार पुँजीकरण ३८ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। 

माछापुछ्रे बैंक

माछापुछ्रे बैंकको सेयर मूल्य पनि ३०० रुपैयाँभन्दा तल रहेको छ। बुधबार बैंकको सेयर प्रतिकित्ता २९८.१० रुपैयाँमा कारोबार भएको थियो। बैंकको सेयर मूल्य बुधबार ३.९० रुपैयाँले घटेको थियो।

बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ३० अर्ब ५७ करोड रुपैयाँ रहेको छ। पछिल्लो ५२ हप्तामा बैंकको सेयर मूल्य अधिकतम ४५५ रुपैयाँमा कारोबार भएको थियो भने न्युनतम २७९ रुपैयाँमा कारोबार भएको थियो। 

बैंक अफ काठमाण्डू  

बैंक अफ काठमाण्डूको पनि गत बुधबार प्रतिकित्ता २६६.९० रुपैयाँमा कारोबार भएको थियो। बुधवार २१ हजार ९३ कित्ता कारोबार भएको बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

बैंककाे बजार पुँजीकरण २८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। बैंकको पछिल्लो ५२ हप्तामा अधिकतम ४३३.२० रुपैयाँमा कारोबार  भएको थियो भने न्युनतम २४०.२० रुपैयाँ रहेको छ।  

सनराइज बैंक 

पछिल्लो समय सेयर मूल्यका हिसाबले सस्तो रहेको सनराइज बैंकको अन्तिम मूल्य २५८.५० रुपैयाँ रहेको छ। बैंकको सेयर बुधबार प्रकिकित्ता २.५० रुपैयाँले घटेको थियो।

साेही दिन ३१ हजार ८८८ कित्ता सेयर कारोबार भएको बैंकको पछिल्लो ५२ हप्तामा ४१८ रुपैयाँमा अधिकतम मूल्यमा कारोबार भएको थियो भने न्युनतम २४५.१० रुपैयाँमा कारोबार भएको थियो। बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने बजार पुँजीकरण २६ अर्ब १५ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, चैत ५ २०७८१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend