शनिबार, वैशाख १५ गते २०८१    
images
images

विद्युतीय कार उत्पादन गर्न सुजुकीले भारतमा १.३ अर्ब डलर लगानी गर्ने

images
images
images
विद्युतीय कार उत्पादन गर्न सुजुकीले भारतमा १.३ अर्ब डलर लगानी गर्ने
images
images

काठमाडौं- जापानी कार उत्पादक कम्पनी सुजुकी मोटरले भारतमा विद्युतीय कार उत्पादन गर्ने भएको छ। भारतमा विद्युतीय कार र ब्याट्री उत्पादन गर्न सुजुकीले करिब १ सय ५० अर्ब यन (१.२६ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको हो। 

images
images
images

हाल भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले गरेको लगानी प्रतिवद्धताको एक अंशका रुपमा विद्युतीय कार तथा ब्याट्री उत्पादन समेत रहेको निक्की बिजनेस डेलीले लेखेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा जापनी प्रधानमन्त्रीले आगामी ५ वर्षमा भारतमा ५० खर्ब यन लगानी गर्ने बताएका हुन्। 

images

सुजुकीले भारतमा विद्युतीय कार उत्पादनका लागि नयाँ उत्पादन लाइन नै स्थापना गर्ने बताइसकेको छ। सुजुकीले २०२५ अगावै भारतमा विद्युतीय कार उत्पादन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

images

images

प्रकाशित : शनिबार, चैत ५ २०७८०९:५३

प्रतिक्रिया दिनुहोस