शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

एक लाख घरधुरीमा पुग्यो ‘वाई-फाई नेपाल’को इन्टरनेट सेवा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २८ २०८२
एक लाख घरधुरीमा पुग्यो ‘वाई-फाई नेपाल’को इन्टरनेट सेवा

वाई-फाई नेपालले छोटो समयमै १ लाख घरधुरीमा इन्टरनेट सेवा पुर्‍याउँदै उल्लेखनीय विस्तार हासिल गरेको जनाएको छ।

काठमाडौं- वाई-फाई नेपालले छोटो समयमै १ लाख घरधुरीमा इन्टरनेट सेवा पुर्‍याउँदै उल्लेखनीय विस्तार हासिल गरेको जनाएको छ।

सन् २०२२ मा स्थापना भएको उक्त इन्टरनेट सेवा प्रदायक कम्पनीले तीन वर्षको अवधिमा नै मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै सस्तो र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आफूलाई बजारमा स्थापित गर्न सफल भएको जनाएको छ।

कम्पनीका अनुसार देशका हरेक घरधुरीसम्म इन्टरनेट सेवा पुर्‍याउने लक्ष्यका साथ हाल सेवा देशभरका १०० भन्दा बढी सहरमा विस्तार भइसकेको छ। त्यस्तै ४० भन्दा बढी सम्पर्क कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको कम्पनीले जनाएको छ।

सन् २०२६ मा स्थापना भएको तीन वर्ष पूरा गरेको कम्पनीले देशभर ५०० भन्दा बढी कर्मचारीमार्फत आफ्नो सेवा विस्तारलाई अझ प्रभावकारी बनाउँदै लगेको बताएको छ।

कम्पनीले स्थापनाकालदेखि आफूलाई केवल इन्टरनेट सेवा प्रदायक मात्र नभई ‘डिजिटल साथी’का रूपमा चिनाउँदै आएको जनाएको छ। सहज रूपमा इन्टरनेट पहुँच पाउन कठिन भएका परिवारलाई प्राथमिकतामा राख्दै सुलभ दरमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार मध्यम वर्गीय परिवार, साना उद्यमी तथा विद्यार्थीहरूलाई लक्षित सेवा विस्तारका कारण छोटो समयमै १ लाख ग्राहक जोडिनु नेपालमा भरपर्दो इन्टरनेट सेवाप्रतिको बढ्दो आवश्यकता र विश्वासको संकेत पनि हो।

सन् २०२५ मा कम्पनी नेपालका उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकको सूचीमा समेत पर्न सफल भएको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जीयारले ग्राहकको विश्वासले कम्पनीलाई सेवा थप गुणस्तरीय बनाउँदै देशभर विस्तार गर्न प्रेरणा दिएको बताए। उनले भने, “ग्राहक महानुभावहरूले वाई–फाई नेपालप्रति देखाउनुभएको माया र विश्वासका लागि हामी कृतज्ञ छौं। यस सफलताले सेवा अझ सुदृढ बनाउँदै देशभर विस्तार गर्ने हौसला दिएको छ।”

कम्पनीले आगामी दिनमा देशभर थप समुदायसम्म सेवा विस्तार गर्दै डिजिटल पहुँचको अन्तर घटाउने र सबैलाई डिजिटल अवसरसँग जोड्ने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , फागुन २८ २०८२१८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend